चितवन विशेष
चितवनमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर पोथी चितुवाको मृत्यु
०

चितवन, असोज १०
भरतपुर महानगरपालिका–१५, रामपुरमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर एक चितुवा मरेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार आज (शनिवार) दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो ।
मृत चितुवा करिब ८ देखि १० महिनाको पोथी रहेको उनले जानकारी दिए । चितुवालाई आवश्यक परीक्षण तथा पोस्टमार्टमका लागि सौराहा लगिएको छ ।
‘चितुवाको मृत्यु करेन्ट लागेरै मरेको भन्ने पुष्टि भएको छ । अन्य कारणसमेत जोडिएको हुन सक्छ ।’ उनले भने ‘पोस्टमार्टमपछि अन्य विवरण यकिन हुन्छ।’ पोस्टमार्टमपछि चितुवाको मृत्युको कारणसहित घटनाको थप विवरण खुल्ने सूचना अधिकारी पौडेलले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























