क्रिकेट

उच्च मनोबलका साथ विश्वकपको मैदानमा उत्रिन्छौंः कप्तान पौडेल

०
Banner

काठमाडौं,जेठ २०-

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उच्च मनोबलका साथ मैदानमा उत्रिने बताएका छन्। आइसीसी टी-२० विश्वकप खेल्न अमेरिकामा रहेका कप्तान पौडेलले राष्ट्रिय झण्डा काँधमा बोकेर विजयको ताज पहिरिने आशा राखेका छन्।

अमेरिका र वेस्ट इन्डिजमा सुखद नतिजा ल्याउने उनको भनाइ छ। यसका लागि दर्शकहरूको हौसला र माया उतिकै जरुरी रहेको उनले बताए। कप्तान पौडेलले लेखेका छन्, दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी-२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौं। अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईं सबै क्रिकेटप्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ। राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ। सधैंजस्तो यसपटक पनि तपाईंहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौं।

विश्वकपमा नेपाल समूह डीमा रहेको छ। नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। दोस्रो खेल अमेरिकामै श्रीलंकासँग खेलेर नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ। त्यहाँ दक्षिणा अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>