अन्तर्राष्ट्रिय
भारतीय प्रधानमन्त्री मोदीको ४५ घन्टे ध्यान

काठमाडौँ, जेठ १८-
लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४५ घन्टे ध्यान सुरु भएको छ। भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्।
उनले बिहीवार स्थानीय समय अनुसार साँझ ६ः४५ बजे ध्यान सुरु गरेका हुन्। ध्यान अवधिभरी उनले मौनव्रत पनि राख्ने छन्। लोकसभाको निर्वाचन अघि
समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीको ध्यान भोलि जुन १ का दिन साँझसम्म जारी रहने छ। ४५ घन्टामो ध्यानको क्रममा उनले तरल पदार्थको मात्रै सेवन गर्नेछन्। जसमा उनले नरिवलको पानी र अङ्गुरको जुस मात्रै पिउने बताइएको छ। ध्यानको क्रममा मौनव्रत राख्दै उनी ध्यान कक्षबाट बाहिर ननिस्कने पनि बताइएको छ।
१३१ वर्ष अघि स्वामी विवेकानन्दले ध्यान गरेको शिलामा नै प्रधानमन्त्री मोदीले पनि ध्यान गरिरहेका छन्। भोलि भारतमा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान हुनेछ। एजेन्सी























