क्रिकेट
सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट
०

काठमाडौ,जेठ १७-
अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ । बिहीबार दोस्रोपटक अन्तर्वार्ताका लागि पुगे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दुर्गाराज पाठकले बताए ।
यसअघि सन्दीप जेठ ९ गते पहिलोपटक भिसाका लागि दूतावासमा अन्तर्वार्ताका लागि पुगेका थिए । तर, उनको प्रयास असफल भएको थियो । पहिलोपटकको प्रयास असफल भएपछि परराष्ट्र मन्त्रालयको अनुरोधपछि पुनः अन्तर्वार्ताका लागि सन्दीप दूतावास पुगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























