अन्तर्राष्ट्रिय
खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
०

श्रीलङ्का, जेठ ७-
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।
केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भन्नुभयो, “भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।”
मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताउनुभयो । घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।
यसैबीच, श्रीलङ्काको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























