अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधनः इरानी सञ्चारमाध्यम

०
Banner

तेहरान, जेठ ७-

तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो ।

दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ।

इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ । यता इरान इन्टरनेशनलका अनुसार हेलिकप्टर पूर्णरुपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ ।

इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति राईसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>