अपराध
किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ
०

सङ्खुवासभा, जेठ ६-
सङ्खुवासभामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मादी नगरपालिका-६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























