अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भीषण बाढी, ५० जनाको मृत्यु

०
Banner

काठमाडौँ, जेठ ६-

अफगानिस्तानका अर्को क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ। अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्।

भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको उनीहरूको भनाइ छ। बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको बीबीसीले जनाएको छ।

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो। अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ। अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>