खेलकुद

तेस्रो अभ्यास खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित

०
Banner

काठमाण्डौ, जेठ ६-

नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग ७४ रनले पराजित भएको छ । तीन खेलको शृङ्खलामा पहिलो र दोस्रो खेल जितेको नेपाल गएराति भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको हो ।

जितका लागि दुई सय छ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर दुई बलमा अलआउट भयो । नेपाल एक सय ३८ रनमा समेटियो । कप्तान रोहित पौडेलले ५३ रन बनाए । आशिफ शेखले २४ र सन्दीप जोराले २१ बाहेक नेपालका अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अविनाश बोहोरा खेलेका थिएनन् ।

त्यसअघि सेन्ट भिसेन्टमा टस जितेर ब्याटिङ गरेको विनवाड्र्सले दुई सय पाँच रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>