Breaking News

वर्षा बाधक बनेपछि नेपाल एशियन गेम्स क्रिकेटबाट बाहिरियो, श्रीलंका वरियताको आधारमा सेमीफाइनलमा

०
Banner

काठमाडौँ, असोज १३–

लगातारको वर्षा बाधक बनेपछि नेपाल जापानमा जारी २०औं एशियन गेम्सको पुरुष क्रिकेटबाट बाहिरिएको छ ।

आज विहान ५ः४५ बजेबाट सुरु हुने भनिएको श्रीलंकासंगको तेस्रो क्वाटरफाइनल खेल वर्षा नरोकिएपछि खेल रद्द गरिएको हो । श्रीलंका वरियताको आधारमा सेमीफाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा क्वाटरफाइनलबाटै टुङिगएको छ । आइसीसी टी–२० बरियतामा श्रीलंका ९औं स्थानमा रहेको भने नेपाल १४औं स्थानमा रहेको छ ।

समूह ‘ए’ मा अफगानिस्तानलाई पराजित गरेर समूह विजेताको रुपमा क्वाटरफाइनल पुगेको नेपाल यसपटक पदक जित्ने लक्ष्यमा थियो । तर त्यो लक्ष्यमा वर्षा नै तगारो बनेर आएको छ । नेपालले टी–२० क्रिकेटमा श्रीलंकासंग प्रतिस्पर्धा गर्न पाएको छैन । यसअघि अमेरिकामा भएको टी–२० विश्वकपमा श्रीलंकासंगको खेल पनि पानीले नै रद्द भएको थियो ।

यस्तै जारी एशियन गेम्समा पहिलो र दोस्रो क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमीफाइनलमा प्रवेश गरेका छन् । आज हुने अन्तिम सेमीफाइनल बंगलादेश र मलेसियाबीचको खेल पनि वर्षाले स्थगित हुने संभावना धेरै छ । यस्तो भएमा बंगलादेश पनि सेमीफाइनलमा स्थान बनाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>