अन्तर्राष्ट्रिय
इरानमा एकैदिन दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा ५० व्यक्तिलाई मृत्युदण्ड
०

काठमाडौं,जेठ ६-
इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ। जसमा दुई महिला पनि छन्। बीबीसीका अनुसार इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ। फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका थिए।
शनिबार मृत्युदण्ड सजाय पाएकी अर्की महिला श्रीमान्को हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन्। इरानमा यो वर्ष अहिलेसम्म २ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ। यो पछिल्लो दशकमा सबैभन्दा ठूलो संख्या हो।
इरानी र्यापर टुमाज सालेही पनि हालैका दिनमा फाँसी दिइएकामध्ये एक हुन्। सालेही इरानी सरकारविरुद्ध गाएका गीतबाट चर्चामा आएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























