अन्तर्राष्ट्रिय
हुरी र भारी वर्षाबाट अमेरिकामा चारजनाको मृत्यु, १० लाख घर विद्युत्विहीन
०

टेक्सास, जेठ ४-
हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्विहीन भएका छन् ।
हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । रुख ढल्दा दुईजनाको मृत्यु भएको थियो भने क्रेन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।
खराब मौसमका कारण भवनहरू भत्किनुका साथै ढलेका रुखले बाटो छेकेको छ । ९ लाख ३४ हजार घर टेक्सासमा र एक लाख ६६ हजार घर जुजिआनामा विद्युत्विहीन भएको जनाइएको छ । खराब मौसमका कारण गल्फ कोस्ट ९दक्षिणी अमेरिका०का करिब तीन करोड मानिस जोखिममा परेको उल्लेख गरिएको छ । सीएनएन
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























