क्रिकेट
अभ्यासका लागि सन्दीप टियू ग्राउन्ड, सेल्फी खिच्नेको भिड
०

काठमाडौं, जेठ ४-
अदालतबाट सफाइ पाएपश्चात् पहिलो पटक क्रिकेटर सन्दीप लामिछाने हिजो अपराह्न नियमित अभ्यासका लागि टियू ग्राउन्ड पुगे । केही दिनदेखि उनी नियमित अभ्यासका लागि जाने गरे तापनि हिजोको माहोल निकै फरक थियो ।
अदालतमा फैसलाको पर्खाइमा रहेका बेला सन्दीप मानसिक रुपमा तनावग्रस्त थिए । त्यसैले अभ्यासमा जाँदा पनि उनी फ्यानहरूसँग त्यति घुलमिल हुँदैनथे ।
आफ्नो सुरमा अभ्यास गरेर फर्किन्थे । हिजो भने उनले फ्यानहरूसँग कुराकानी गरे । फोटो र सेल्फीहरु खिचाए । उनले ग्राउन्ड स्टाफहरूसँग पनि भेटेर भलाकुसारी गरेका थिए ।
सन्दीपसँग सेल्फी खिचाउन युवायुवतीहरुबीच तँछाडमछाड चलेको थियो । अहिले टियु ललितपुर मेयर कप महिला लिग क्रिकेट सञ्चालन भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























