अन्तर्राष्ट्रिय
हङकङमा छात्रलाई कक्षाकोठामै छुरा प्रहार, सहपाठी पक्राउ
०

हङकङ, जेठ ४-
हङकङमा कक्षाकोठामै एक छात्रमाथि छुरा प्रहार भएको छ । चुनमुनमा रहेको एक विद्यालयका छात्रमाथि कक्षाकोठामै छुरा प्रहार भएको हो ।
बिहीबार दिउँसो पौने चार बजे कक्षामा बसिरहेको अवस्थामा सामान्य वादविवाद हुँदा एक बालिकाले फलफुल काट्ने चक्कुले प्रहार गरेकी हुन्।
घाइते बालकको दाहिने काँध, पछाडि र पाखुरामा चोट लागेको छ। घाइते बालकलाई चुनमुन अस्पताल लगिएकोमा उनको अवस्था स्थिर रहेको बुझिएको छ। उनलाई पीडकले ३० सेन्टिमिटर लामो चक्कुले प्रहार गरेकी थिइन्। स्रोतले पुष्टि गरेअनुसार उनीहरू सीसीसी होफक तङ कलेजमा अध्ययनरत विद्यार्थी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
छुरा प्रहार गर्ने १३ वर्षीया बालिकालाई प्रहरीले पक्राउ गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























