अन्तर्राष्ट्रिय

तापक्रम बढ्दै गएपछि उत्तरपश्चिम भारतमा तातो लहरको चेतावनी

०
Banner

काठमाडौं, जेठ ४-

भारतीय मौसम विज्ञान विभागले बिहीबार उत्तरपश्चिम भारतका निम्ति तातो लहरको चेतावनी जारी गरेको छ । त्यसमा राष्ट्रिय राजधानी क्षेत्र समावेश छ ।

आउँदो चार दिन उत्तरपश्चिम र पूर्वी भारतमा अधिकतम दैनिक तापक्रममा ३–४ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ । दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर)मा हाल लगभग ४० डिग्री सेल्सियस तापक्रम छ । गर्मी शनिबारसम्म ४५ डिग्रीमा पुग्ने हुने प्रक्षेपण गरिएको छ ।

आईएमडीले पश्चिमी राजस्थान, पश्चिमी उत्तर प्रदेश, पञ्जाब र दक्षिणी हरियाणाले शनिबारसम्म गर्मीको लहरको सामना गर्न सक्ने जनाएको छ । सरकारी निकायले स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । सिन्ह्वारन्युज एजेन्सी नेपाल रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>