खेलकुद
डेढ घन्टामा गौशाला २६ को बहस सकिदाँ सन्दीपको वकिलले ५० मिनेटमै बहस सक्नुपर्ने
०

काठमाडौं, जेठ २-
गौशाला २६ पक्षको बहस सकिएको छ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा हिजोबाट सुरू भएको सुनुवाइमा गौशाला २६ पक्षको बहस सकिएको हो । आज ११ बाट बहस सुरू भएको थियो । अब सन्दीप पक्षमा खाजा समयपछि २ः३० बाट दुई वकिलहरूले जवाफी बहस गर्नेछन् ।
सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्ने छन् । दुवै पक्षलाई डेढ घन्टा समय दिएको भएपनि अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ ।
त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ ।