अन्तर्राष्ट्रिय

अमेरिकामा बसलाई ट्रकले ठक्कर दिँदा आठ कामदारको मृत्यु

Banner

फ्लोरिडा, जेठ २-

अमेरिकाको फ्लोरिडामा एउटा फार्मका कामदार बोकेर गुडिरहेको बसलाई ट्रकले ठक्कर दिँदा आठजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् ।

मध्य फ्लोरिडाको हाइवेमा ५३ कामदार लिएर गुडिरहेको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक ब्रायन म्याक्लिन होवार्डलाई पक्राउ गरेको छ ।

सो घटनामा घाइते भएका ३८ जनामध्ये आठजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये ३० जना खतरामुक्त रहेका प्रहरीले उल्लेख गरेको छ ।

ट्रक चालकसहित सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । सो घटना बिहान ६ः३५ बजे भएको थियो । सो बस कामदार लिएर फार्म तर्फ जान लागेको बेलामा दुर्घटनामा परेको थियो । फार्मका केही कामदार मेक्सिकोका रहेको बताइए पनि अन्य कुन देशका थिए भन्ने खुलाइएको छैन । एबीसी न्युज

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>