अन्तर्राष्ट्रिय

फ्रान्समा कैदी बोकेको गाडीमा आक्रमण, दुई जना प्रहरीको ज्यान गयो

०
Banner

काठमाडौँ,जेठ २-

फ्रान्सको नर्मन्डी क्षेत्रमा कैदी बोकेको प्रहरीको गाडीमा आक्रमण भएको छ । नर्मन्डीमा कैदीलाई अदालतबाट कारागार लैजाँदै गर्दा भएको आक्रमणमा दुई जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा अरु तीन जना घाइते भएका छन् ।

गाडीमा आक्रमणपछि कैदीहरू फरार भएका छन् । आक्रमणको कारण र फरार कैदी कति छन् ?  खुल्न सकेको छैन । आक्रमण गर्ने र फरार कैदीको खोजी भैरहेको छ । यसका लागि सयौं प्रहरी परिचालन गरिएको फ्रान्सको सुरक्षा निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

प्रमुख ठाउँहरुमा गाडी रोकेर जाँच भैरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले दोषीहरू पत्ता लगाउन कुनै कसर नराखी काम गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>