क्रिकेट
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
०

काठमाडौँ, जेठ १-
उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























