क्रिकेट
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू
०

काठमाडौं, जेठ १-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन् ।
सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । केही बेरअघि बहस थालिएको उच्च अदालत स्रोतले बतायो । मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज-भोलिमै फैसला आउन सक्छ ।
आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























