अन्तर्राष्ट्रिय

पृथ्वीसँग सौर्य आँधी ठोक्किएपछि उत्तरी गोलार्धको आकाश रङ्गिन देखियो

०
Banner

काठमाडौँ, वैशाख ३०-

पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ ।

हिजो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन ९एनओएए० ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गरेको थियो ।

बेलायतमा प्रमुख रूपमा प्रदर्शन भएको उत्तरी रोशनीको प्रभाव यो हप्ताको अन्त्यसम्म रहने एनओएएले जनाएको छ । वेलायतमा धेरैले सामाजिक सञ्जालमा रङ्गिन आकाशको फोटो सार्वजनिक गरेका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>