अन्तर्राष्ट्रिय
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा
०

ब्युनस आयर्स, वैशाख २९-
ब्युनस आयर्समा शुक्रबार एउटा यात्रीवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते भएका करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुईजनाको अवस्था गम्भीर छ ।
दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रीवाहक रेल एक रेलवे पुलको ट्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।
रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रीवाहक डिब्बा पटरी ९लिक०बाट खसेको जानकारी गराएको छ । रासस/एएफपी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























