अन्तर्राष्ट्रिय

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै

Banner

काठमाडौँ, वैशाख २८–

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।

गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।
विहिबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ ।

अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ मा पक्राउ गरिएको थियो । मंगलबार दिल्ली अदालतले केजरीवालको न्यायिक हिरासतलाई मे २० सम्म बढाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>