क्रिकेट

फेसबुकमा सन्दीप लामिछानेको १० लाख फलोअर

Banner

काठमाडौं,बैशाख २७-

क्रिकेटर सन्दिप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर कटेका छन् । बुधवार मात्रै उनको Sandeep Lamichhane नामक पेजले यो आँकडा पार गरेको हो ।

उनले उक्त पेजबाट खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लेग स्पिनर लामिछानेले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लगायतका विश्वभर आयोजना हुने प्रमुख टी(ट्वान्टी खेल खेलेका छन् ।

अहिले भने उच्च अदालत पाटनमा लामिछाने विरुद्धको बलात्कार मुद्दा विचाराधीन छ । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय तोकेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>