अन्तर्राष्ट्रिय

चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि…

Banner

नयाँदिल्ली, वैशाख २६-

एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् ।

एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो ।

भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मङ्गलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी रहेको थियो । नागरिक उड्डयन अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् । स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडान अघि केही वरिष्ठ चालक दलका सदस्यहरूले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन् ।

वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ । एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले केबिन क्रूको टोलीले मङ्गलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणामस्वरूप उडानमा ढिलाइ र रद्द भएको बताउनु भयो । घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यहरूसँग एयर इन्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ ।

यस्तै घटना अप्रिल १ मा भिस्तारा एयरले पनि सामना गर्नु परेको थियो । त्यसबखत पाइलटहरू बिरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए । रासस/एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>