अन्तर्राष्ट्रिय

ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो

Banner

काठमाडौं, वैशाख २६-

दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीका कारण थप पाँच जनाको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ ।

उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिरोले १३२ जना बेपत्ता र ३६१ जना घाइते भएका छन् । विगत आठ दिनमा २ लाख भन्दा बढी बासिन्दाहरूलाई घर छोड्न बाध्य बनाएको छ ।

राजधानी शहर पोर्टो एलेग्रेलगायत राज्यका ४९७ शहरमध्ये ३८८ मा १४ लाखभन्दा बढी मानिस प्रकोपबाट प्रभावित भएका छन् । शहरको ८५ प्रतिशत भन्दा बढी जनसंख्याले पिउने पानीको पहुँच गुमाएका छन् ।

बाढीबाट ७९० विद्यालय प्रभावित, ३८८ वटा क्षति र अन्य ५२ वटा विस्थापितलाई आश्रय दिन सेवा दिइरहेकाले राज्यभर कक्षाहरू स्थगन गरिएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रकोप स्थलहरूको भ्रमण गर्नुभएको छ । संघीय सहायताको प्रतिवद्धता गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>