अन्तर्राष्ट्रिय

१७ जना बिरामी मार्ने नर्सलाई ७६० वर्षको जेल सजाय !

Banner

काठमाडौँ, वैशाख २५-

अमेरिकामा १७ जना बिरामीको हत्या गर्ने एकजना नर्सलाई अधिकतम ७६० वर्षको जेल सजाय सुनाइएको छ ।

अमेरिकाको पेन्सिल्भेनियाकी हिथर प्रेस्डीलाई शनिबार अदालतले ३८० देखि ७६० वर्षसम्मको जेल सजाय सुनाएको हो । ती नर्सले ४३ देखि १०४ वर्ष उमेरसम्मका धेरै बिरामीहरुलाई तीन वर्षसम्म नियतबस सुइमार्फत् इन्सुलिनको घातक डोज दिएर हत्या गरेको दाबी गरिएको छ ।

सन् २०२० देखि २०२३ सम्मको अवधिमा उनले अमेरिकाका विभिन्न ५ वटा स्वास्थ्य संस्थाहरुमा गरेर कम्तिमा १७ जना बिरामीको हत्या गरेकी थिइन् ।

एनले नै ३ वटा हत्या तथा १९ वटा ज्यान मार्ने उद्योगको अभियोग स्वीकार गरेकी छिन् र त्यसबापत उनलाई सबै हत्याका लागि जन्मकैदको सजाय भयो । त्यस्तै अन्य सबै हत्यामा समेत उनलाई अदालतले दोषी ठहर गर्दै ३८० देखि ७६० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

साथै उनीमाथि २२ जना बिरामीलाई इन्सुलिनको अत्यधिक डोज दिएको आरोप छ । उनले त्यसरी इन्सुलिनको कडा डोजको सुइ दिएकामध्ये अधिकांश डाइबेटिजका बिरामी नै थिएनन् । त्यसरी इन्सुलिनको उच्च डोजयुक्त सुइ दिएका मध्ये अधिकांशको छोटो समयमै मृत्यु भयो भने कतिपयले केही समयपछि ज्यान गुमाए ।

इन्सुलिनको उच्च डोजले शरीरमा चिनीको मात्रा घातक रुपमा कम गराउँछ जसलाई हाइपोग्लिसेमिया भनिन्छ । साथै यसका कारण मुटुको धड्कन बढ्ने र हृदयाघात पनि हुने गर्दछ।

प्रेसडीका सहकर्मीहरुले उनको त्यस्तो व्यवहारका बारेमा पहिले नै उजुरी गरेका थिए । उनले बिरामीहरुप्रति निकै घृणाजन्य व्यवहार देखाउने र अपमानजनक अभिव्यक्ति दिने गरेकी थिइन् । अदालतमा सुनुवाइका क्रममा उनले आफू दोषी रहेको स्वीकार गरेकी थिइन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>