अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीको गोलीबाट मारिए

Banner

काठमाडौं,वैशाख २३-

अस्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका एक नाबालिग प्रहरीको गोलीबाट मारिएका छन् । गोली लाग्नुभन्दा अघि ती नाबालिगले एक व्यक्तिलाई घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।

शनिबार राति अबेर एक नाबालिग चक्कु प्रहार गर्दै हिँडेको प्रहरीले सूचना पाएको थियो । नाबालिगको उमेर १६ वर्षको भएको बताइएको छ । उनलाई रोक्नका निम्ति गोली चलाइएको प्रहरीले जनाएको छ ।

गोली लागेपछि ती नाबालिगलाई अस्पताल लगिएको थियो । उनलाई बचाउन भने नसकिएको जनाइएको छ । पछिल्ला दिनमा अस्ट्रेलियामा चक्कु प्रहारसम्बन्धी अपराधका घटना बढेको छ । यसअघि, सिड्नीको एक सपिङ मलमा महिला र बच्चालाई निसाना बनाएर चक्कु प्रहारको घटना सार्वजनिक भएको थियो । बीबीसी हिन्दीबाट ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>