अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस खोलामा खस्दा १५ जनाको मृत्यु, २२ घाइते

Banner

काठमाडौं, वैशाख २२-

उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रबार यात्रीवाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

जीबीका मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड्ने क्रममा खोलामा खसेको जनाएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले आशंका गरेका छन् । बस देशको पूर्वी ग्यारिसन सहर रावलपिंडीबाट हुनजा जिल्लातर्फ गइरहेको थियो ।

तीव्र गतिका कारण मोडमा बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>