अन्तर्राष्ट्रिय

भारतीय शेयर बजारमा एकै झट्कामा लगानीकर्ताले गुमाए ३० खर्ब भारु

Banner

नयाँ दिल्ली, वैशाख २१-

शुक्रवार भारतीय शेयर बजारमा व्यापक गिरावट देखिएको छ । शुरुआती कारोबारमा शेयर बजारमा शानदार वृद्धि देखिएको थियो । तर सूचकमा अचानक यू–टर्न देखियो । मुख्य शेयर परिसूचक बीएसई सेन्सेक्स शुक्रबारको उच्च बिन्दुबाट २ प्रतिशत अर्थात् १ हजार ४३४ अङ्कले घट्यो ।

अर्को मुख्य परिसूचक निफ्टी पनि उक्त दिन अहिलेसम्मकै उच्च स्तरबाट १ दशमलव ४ प्रतिशत अर्थात् ४०० अङ्कले घटेको थियो । दिउँसो १ बजे निफ्टी २५० अङ्कले घटेर २२ हजार ४०० मा आएको थियो । सोही समयमा सेन्सेक्स पनि ९१६ अंकको कमीसहित ७३ हजार ६९५ अंकमा थियो । बीएसईमा सूचिकृत कम्पनीको बजार पुँजीकरण ३० खर्ब भारुले घटेर ४ हजार ५८ खर्ब ३० अर्ब भारुमा आयो ।

शुक्रवार बिहान अचानक शेयर बजारमा भएको वृद्धिपछि लगानीकर्ताहरूले मुनाफा कमाउन आफूसँग भएको शेयर धमाधम बेच्न थालेपछि बजार दबाबमा आएको हो । विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय शेयरमा गरेको ९ अर्ब ६३ करोड भारु लगानी फिर्ता लैजाँदा पनि बजार दबाबमा आएको बताइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>