अन्तर्राष्ट्रिय
जापानकी विदेशमन्त्री आइतबार नेपाल आउने
०

काठमाडौं, वैशाख २१–
जापानकी विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउने भएकी छिन्। उनी एकदिने भ्रमणका लागि आइतबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्नेछिन्।
नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ। पालस्थित जापानको दूतावासले पनि दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























