देश/प्रदेश

खुट्टिखोलामा सुविधासम्पन्न घाट बन्ने, लागत साढे २ करोड

Banner

सिरहा, वैशाख ८-

सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ।

नगरपालिकाको २ करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे।

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताए। घाट दुई बिघा दश कट्ठा क्षेत्रफलमा निर्माण हुनेछ।

अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ। घाटमा क्रियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत संरचना पनि निर्माण गरिने छ। रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area