Breaking News

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

०
Banner

काठमाडौँ,कात्तिक ९-

नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निगमका अनुसार उद्योगहरूले नियुक्त गरेका कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो आएको छ । सोही गुनासोलाई सम्बोधन गर्दै निगमले विक्रेतामार्फत अनिवार्य रूपमा भ्याट बिल जारी गरी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो । निगमले यसअघि पनि निर्णय कार्यान्वयनका सम्बन्धमा २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरेको स्मरण गराएको छ ।

निगमका निर्देशक ई. विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गर्ने व्यवस्था मिलाउन सबै उद्योगलाई अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>