समाचार

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

०
Banner

काठमाडौँ,कात्तिक ९-

काठमाडौँको कलंकी स्थित सांसद उर्मिला थपलियाको डेराबाट चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेकाहरूको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको हो । दसैँको बिदामा डेरामा कोही नभएको मौका पारेर आरोपीहरूले सांसद उर्मिला थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेको अनुसन्धानले देखाएको छ ।

घटनाबारे कार्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । थपलिया नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सांसद हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत घर भएका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीय विणा देवी छन् ।

सांसदको घरमा चोरी भएकोबारे कार्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । सो समूहले कार्तिक ६ मा काठमाडौँ महानगरपालिका–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा पनि चोरी गरेको अनुसन्धानले देखाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आरोपीहरूले लुकाएर राखेको अवस्थामा ठुलो परिमाणमा सुनचाँदीका गरगहना बरामद गरेको छ ।

यस्तो छ बरामद सामग्रीहरूको विवरण

१.           २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

२.           १८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बाला थान-१

३.           २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

४.           ३२ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बालाको टुक्रा थान-५

५.           ३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको कछुवाको मूर्ति थान-१

६.           १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्का थान-१

७.           १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सरस्वतीको मूर्ति थान-२

८.           २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

९.           १४ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको औंठी थान-२

१०.      ३९ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको लकेट थान-४

११.      ८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको पाइला थान-१

१२.      १ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको टुक्रा थान-४

१३.      ११ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिन्दुर बट्टा थान-३

१४.      १६२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको गणेश र लक्ष्मीको मूर्ती थान-१

१५.      १२१.६७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पाउजु थान-८

१६.      ५७ ग्राम तौल भएको पत्थर जडित चाँदी जस्तो देखिने धातुको सिरबन्दी थान-१

१७.      २१.५ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको औंठी थान-५

१८.      ७७.३७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिक्का थान-३

१९.      १०५.८२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको ब्रासलेट थान-३

२०.      ३३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको टुक्रा थान-१

२१.      १२३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको कप थान-२

२२.      ७४ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको दियो थान-१

२३.      ४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पानी चढाउने चम्चा थान-१

२४.      ५०२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको करुवा थान-१

२५.      ४४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको टिकाथली थान-१

२६.      ३६० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको बुट्टे थालको टुक्रा थान-२

२७.      ८८ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१

२८.       ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१

२९.      विभिन्न कम्पनीका मोबाईलहरु थान-१६

३०.      विभिन्न दरको भारतिय रुपैयाँ जम्मा रु.१२,३१०।–

३१.      चालु र बन्द अवस्थामा रहका विभिन्न कम्पनीका घडीहरु थान-१०

३२.      नेपाल र भारतको विभिन्न दरका सिक्काहरु

३३.कछुवाको आकृति भएको धातुको बट्टा थान-१

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>