देश/प्रदेश
तीव्र गतिका कारण काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस दुर्घटना
०
काठमाडौँ, वैशाख ८-
काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। संखुवासभा जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस आज (शनिबार) बिहान २ बजे धनकुटा नगरपलिका-२ रूद्रबारीमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर अनीलकुमार साहका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भएपछि माइक्रोबस घुम्ति सडकबाट अन्दाजी ७५ मिटर तल खसेको हो।
दुर्घटनामा घाइते भएका चालक हरिशरण आलेमगर डिस्चार्ज भइसकेको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको इन्स्पेक्टर साहले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>