समाचार

गोली हानेर हात्ती मारेको पुष्टि, हात्तीको दाह्रा र पुच्छरको रौँ चोरी

Banner

झापा, वैशाख ६-

झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको बताइएको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ’, उनले भन । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उनले बताए ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उनले जानकारी दिए । ‘धेरै भित्र गोली पसेकाले झिक्न सकिएन । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन’, उनले भने । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>