देश/प्रदेश

दोलखामा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते

०
Banner

दोलखा, असोज १६ –

दोलखाको भीमेश्वर नगरपालिका–२ फुल्पामा बोलेरो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

शुक्लाबाट चरिकोटतर्फ आउँदै गरेको बा.प्र.०१–०३५ च ००२५ नम्बरको बोलेरो आज बिहान करिब ८ बजे कच्ची सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भीमेश्वर–२ की ५५ वर्षीया कालिका तामाङ गम्भीर घाइते भएकी छन् । भीमेश्वर–३ का ७० वर्षीय थालु तामाङ, भीमेश्वर–२ की ४७ वर्षीया कान्छीमाया तामाङ, ५५ वर्षीया सञ्चमाया तामाङ र १३ वर्षीय पेनजङ तामाङ मध्यम घाइते भएका छन्।

यस्तै, भीमेश्वर–२ का ५४ वर्षीय सोमबहादुर तामाङ र ६२ वर्षीया धोइ तामाङ सामान्य घाइते भएका छन्। भीमेश्वर–२ कै ६० वर्षीया कान्छी तामाङको अवस्थाबारे प्रहरीले विस्तृत विवरण खुलाएको छैन।

घाइते सबैलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल पठाइएको छ। प्रहरीले बोलेरो चालक वैतेश्वर गाउँपालिका–३ का ३४ वर्षीय वृजन लामालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>