खेलकुद

‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा हुने

०
Banner

इलाम, कात्तिक १५–

१९औँ संस्करणको ‘आत्मानन्द गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७३औँ जन्मोत्सवको अवसरमा हुने उक्त गोल्डकपको तयारी तीब्र पारिएको आज माङसेबुङमा पत्रकार सम्मेलन गरी आयोजक आत्मा–पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने सो प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहने अध्यक्ष आङबुहाङले बताए ।

गोल्डकपमा नेपालबाट आयोजक आत्मा–पवित्र खेलकुद समितिसहित डिफेन्डिङ च्याम्पियन सिरिजङ्गा क्लब मोरङ, सैनिक युथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पाँचथर, मधेसी युवा क्लब सुनसरी र माडसेबुङ गाउँपालिका सहभागी हुनेछन् । त्यसैगरी पाहुना टोलीको रुपमा भारतबाट युके एफसी कर्साङ सहभागी हुने निश्चित भएको अध्यक्ष आङ्बुहाङले बताए ।

गोल्डकपको फाइनल खेल मङ्सिर १७ गते हुनेछ । विजेताले नगद रु तीन लाख ११ हजार १७३ र उपविजेताले नगद रु दुई लाख ११ हजार १७३ पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही रु आठ हजार १७३ प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिनेछ । स्थायी प्यारापिट नभएका कारण दर्शकलाई बाँसको अस्थायी प्यारापिट निर्माण गर्न लागिएको अध्यक्ष आङ्बुहाङले बताए । “हामीसँग सुविधासम्पन्न खेल मैदान छैन । तर पनि बर्सेनि अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छौँ”, अध्यक्ष आङ्बुहाङले भने । धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथन, छेलो हान्ने ९पक्लुङ०, लठ्ठा तान्ने, धनुषकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेल समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>