Breaking News

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

०
Banner

काठमाडौँ, असोज ६ –

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्दै त्यस्ता गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बाजुरा, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्।

शिक्षकका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१)को खण्ड (ग) विपरीत हुनसक्ने मन्त्रालयले जनाएको छ। त्यसैले त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड(क) तथा नियम १४३ बमोजिम आवश्यक कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले असोज ६ गतेको निर्णयअनुसार उक्त निर्देशन दिएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>