राजनीति

दैलेखमा ग्याँस उत्खनन कार्य रोकिएकोबारे सांसदको प्रश्नः सरकार किन बेखबर छ ?

०
Banner

काठमाडौं, असोज १६ –

दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीद्वारा भइरहेको प्राकृतिक ग्याँस उत्खनन कार्य अचानक रोकिएपछि त्यसको आधिकारिक जानकारी माग्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

नेपाली काँग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको मात्र नियन्त्रणमा रहनु र प्राविधिक पक्ष बेपत्ता हुनुले शंका उब्जाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सहकारीले आफूले हालै गरेको अनुगमनका क्रममा उक्त क्षेत्रमा कुनैपनि विशेषज्ञ वा प्राविधिक टोली नभेटिएको जानकारी सदनलाई गराउनु भयो ।

उहाँले असोज १४ गते जलजले पुग्दा त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरी अधिकृतबाहेक अन्य कोही नभएको र योजनाको काम पूर्ण रूपमा स्थगित अवस्थामा रहेको बताउनु भयो । सांसद सहकारीकाअनुसार उक्त आयोजनाबाट कम्तीमा ५० वर्षसम्म पुग्ने मिथेन ग्याँस उत्पादन हुने प्रारम्भिक दाबी गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>