राजनीति
संयुक्त राष्ट्र सङ्घमा प्रधानमन्त्री साहको सम्बोधन जलवायु न्यायका लागि नेपालको सशक्त आवाज: परराष्ट्रमन्त्री
०

काठमाडौं, असोज १६ –
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु सङ्कटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउनुभएको बताउनुभएको छ ।
भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री साहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनुभएको हो ।
परराष्ट्रमन्त्री खनालले शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री साहको संयुक्त राज्य अमेरिका भ्रमण र राष्ट्र सङ्घीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























