अन्तर्राष्ट्रिय

यूएईमा ७५ वर्षयताकै उच्च वर्षा: सडकमा बाढी, घरभित्रै सुरक्षित बस्न आग्रह

Banner

वैशाख ५-

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई पार गर्ने गरी वर्षा मापन भएको त्यहाँको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ । सडकमा बाढी आएको छ । केही सडक भत्किएका छन्

भारी वर्षापछि राष्ट्रिय आपतकालीन सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणले अत्यावश्यक अवस्थाबाहेक घर नछोड्न सचेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । जलमग्न सडकमा गाडी चलाउँदा बिग्रिने जोखिम भएकाले गाडी तथा अन्य साधन जोखिम क्षेत्रबाट टाढा सुरक्षित ठाउँमा पार्क गर्न सुझाव दिइएको छ ।

कतिपयले आफ्नो गाडी बिग्रेको गुनासो गरेका छन् । कतै कतै बिजुली पनि कटौती भएको छ । कीर्तिमानी वर्षा जलवायु इतिहासमा असाधारण घटना भएको केन्द्रले जनाएको छ । प्रतिकूल मौसमको व्यवस्थापन गर्न कठिनाइ भैरहेको विपद् विज्ञले बताएका छन् ।

दुबईमा सडक यातायात र हवाई सेवासमेत अवरुद्ध भएको छ । यूएई र आसपासका देशमा हिजोदेखि नै भारी वर्षा भैरहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>