राजनीति

भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

०
Banner

काठमाडौं, असोज १६ –

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीको क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले बिनाशर्त साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

शाहीले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासिनता देखाएको आरोप लगाउनु भयो । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>