राजनीति

संसदप्रति सरकार गैरजिम्मेवार र नवफासीवादी बाटोमा अग्रसर भएको प्रमेश हमालको आरोप

०
Banner

काठमाडौं, असोज १६ –

प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसदप्रति चरम उदासीन बनेको र मुलुकलाई अधिनायकवादी दिशातर्फ धकेलेको आरोप लगाउनुभएको छ ।

सङ्घीय संसदको चालु बजेट अधिवेशनको अन्तिम चरणमा आइपुग्दा शुक्रवार संसदमा सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । हमालले ६ महिनाको अवधिमा सरकारले आफ्ना प्रतिवद्धताहरू पूरा गर्न नसकेको, जनसरोकारका सवाललाई बेवास्ता गरेको तथा अर्थतन्त्रलाई संकटग्रस्त बनाएको दाबी गर्नुभयो । उपनेता हमालले चालु अधिवेशनको शुरुवात नै अस्वाभाविक ढङ्गबाट भएको टिप्पणी गर्नुभयो ।

संसद अधिवेशन आह्वानलगत्तै स्थगित गरेर अध्यादेश जारी गरिएको भन्दै उहाँले कार्यपालिकाले व्यवस्थापिकालाई छल्ने र अपमानित गर्ने प्रवृत्ति देखाएको जिकिर गर्नुभयो । -न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>