देश/प्रदेश
पूर्वाधार विकासका लागि कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकताको विषय बनाइनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल
०

काठमाडौँ, असोज १६ –
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पूर्वाधार विकासको गति तिब्र बनाउन कानुनी तथा नीतिगत सुधारलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वाधार क्षेत्रमा नेपालको ठूलो आर्थिक सम्भावना रहेपनि जटिल कानूनी प्रक्रिया, नीतिगत अस्पष्टता र सरकारी निकायबीचको कमजोर समन्वयका कारण पूर्वाधार विकासको गति सुस्त रहेको उहाँको भनाइ छ ।
उहाँले लगानीकर्ताले लगानी गरेपछि नियम परिवर्तन हुने वा नहुने, आयोजना स्वीकृत हुन लाग्ने समय र सम्झौताको सुरक्षा सुनिश्चित हुने विषयमा स्पष्टता आवश्यक रहेको पनि बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























