राजनीति

पुराना पुस्तालाई गाली गर्दैमा देश बन्दैनः सांसद घतानी

०
Banner

काठमाडौं, असोज १६ –

नेकपा (एमाले)की सांसद नीता घतानीले पछिल्लो समय राजनीतिमा पुराना पुस्तालाई अयोग्य करार गर्दै निर्माण गरिएको भाष्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रजहरूको योगदानलाई बिर्सिएर युवा पुस्तालाई उत्तेजित पार्ने काम घातक भएको जिकिर गर्नुभएको हो ।

सांसद घतानीले ३५ वर्षको अवधिमा मुलुकले हासिल गरेका उपलब्धिहरू पञ्चायतकाल र राजतन्त्रविरुद्ध संघर्ष गर्ने नेताहरूको देन भएको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार स्टन्ट र भ्रमको खेतीमा मात्र केन्द्रित रहेको आरोप लगाउनु भयो । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>