विज्ञान/प्रविधि

फेसबुकमा देखियो समस्या, पोस्टहरु गायब !

Banner

काठमाडौं, वैशाख ४-

फेसबुकमा पुन समस्या आएको छ । मेटा प्लेटफर्मको फेसबुकमा पोष्टहरु नदेखाउने समस्या देखिएको हो । बिहान ९ बजेदेखि अहिले १२ बजेसम्मको बिचमा फेसबुकमा समस्या देखिएको ‘डाउन डिटेक्टर’ ले उल्लेख गरेको छ ।

‘डाउन डिटेक्टर’ का अनुसार फेसबुक एप्लिकेशनमा ५४ प्रतिशत, वेबसाइटमा २६ प्रतिशत र फेसबुक प्रोफाइलहरूमा २० प्रतिशत समस्याको रिपोर्टहरू आएको छ ।

फेसबुकमा गरिएका पोष्टहरु खालि देखाइरहेको छ । फेसबुकले सबैको डाटाहरू रिकभर गरिरहेको केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो केही समयदेखि मेट प्लेटफर्महरूमा बारम्बार समस्या देखिँदै आएको छ । जसको जवाफमा मेटाले आधिकारिक धारण दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>