राजनीति
संसदको कार्यशैली ‘कर्मकाण्डी’ भयो, आत्मसमीक्षा गरौँः आचार्य
०

काठमाडौँ,असोज १६ –
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदको विद्यमान कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाउँदै आत्मसमीक्षा गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उहाँले हालको संसदीय अभ्यास केवल कर्मकाण्डी बनेको टिप्पणी गर्दै यस्तै अवस्था रहे नागरिकमा निराशा बढ्ने चेतावनी दिनुभएको हो । संसदमा सम्बोधन गर्दै महामन्त्री आचार्यले कार्यपालिकालाई जवाफदेही बनाउने दायित्व बोकेको व्यवस्थापिका आफैँले आफ्नो लय समात्न नसकेको यथार्थ स्वीकार गर्नुपर्ने बताउनु भयो ।
उहाँले संसदीय बैठकहरू समयमा शुरु नहुनु, गणपूरक संख्या नपुग्नु र सांसदहरू बैठकमा अनुपस्थित हुनुलाई संसदको गरिमामाथिको प्रहारका रूपमा चित्रण गर्नुभयो । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























