समाचार

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

०
Banner

काठमाडौँ,असोज १६-

एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।

एनसेल प्रयोगकर्ता तथा नयाँ एनसेल सिम लिने ग्राहकले यो सुविधा पाउनेछन् । नयाँ आइफोन मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने लायन्सगेट ओटीटी प्लेटफर्मको सब्सक्रिप्सन पाउनेछन् ।

योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका पहिलो २०० जना खरिदकर्ताले यी सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन् । त्यस्तै, आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन् ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई विशेष अफर उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।

उनले व्यवहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धताअनुसार योजनाले देशभरका प्रयोगकर्तालाई भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउने बताए । प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ, उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>