राजनीति
सरकारको दम्भले सुशासन कमजोर भयो, जनता महँगी र अभावको चपेटामा छन्ः मुख्य सचेतक मेचे

काठमाडौं , असोज १६ –
राष्ट्रिय सभाकी सदस्य एवं नेकपा एमालेकी मुख्य सचेतक रोशनी मेचेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले सरकारको दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको र सर्वसाधारण नागरिक महँगी तथा दैनिक उपभोग्य वस्तुको चरम अभाव झेलिरहेको आरोप लगाउनुभएको छ । सांसद मेचेले सरकार गठन भएयता सेयर बजारमा आएको निरन्तरको गिरावट र निजी क्षेत्रमा छाएको निराशाले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बताउनु भयो ।राष्ट्रिय सभाकी सदस्य एवं नेकपा एमालेकी मुख्य सचेतक रोशनी मेचेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले सरकारको दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको र सर्वसाधारण नागरिक महँगी तथा दैनिक उपभोग्य वस्तुको चरम अभाव झेलिरहेको आरोप लगाउनुभएको छ । सांसद मेचेले सरकार गठन भएयता सेयर बजारमा आएको निरन्तरको गिरावट र निजी क्षेत्रमा छाएको निराशाले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बताउनु भयो ।
























